काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता पपुलिस्ट नारा मात्रै भएकाले कुरा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आज बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताएका हुन् ।

‘वामपन्थी शक्ति नमिलिकन हुँदैन भन्ने कुरा पुपुलिस्ट कुराहरु हुन्,’ उनले भने, ‘म साथीहरुलाई नगर्न आग्रह गर्छु । मैले राजनीति सुरु गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यतिबेलादेखि वामपन्थी एकताको माला जपेको हो । एउटा एकता गर्दा दुईटा फुट्छ ।’

उनले अरुका स्वार्थका लागि काम गर्ने शक्ति वामपन्थी हुन नसक्ने तर्क गर्दै वामपन्थी एकता व्यवहारिक रुपमा नमिल्ने बताए । एकताको कुरा गर्दा राम्रो सुनिए पनि व्यवहारिक नहुने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया