बहुप्रतिभाकाधनि सर्जक, गीतकार, संगीतकार निर बिरही राना मगरको लय तथा शब्दमा, गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापामगरको आवाजमा रोमान्टिक तथा भावुकताले भरिएको टिपिकल लोक तथा दोहोरी गीत,’करिमको खेल’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बहुप्रतिभाकाधनि सर्जक गीतकार संगीतकार निर बिरही राना मगर,भन्छन…गीत सबैलाई मन पर्छ, गीतमा हामीले रोमान्टिक र भावुकतालाई समावेश गरेर बनाईएका हौँ आशा छ, अन्य गीतहरुलाई मन पराए जस्तै यो गीतलाई स्रोताले र भिडियोलाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा म ढुक्कछु,।

गीतमा अरेन्ज बिलन थापा मगर,को रहेको छ भने,गीतलाई बिनोद परियारले रेकर्डीङ गरेका हुन्,भने बिमल छिनालले मिक्सिंग मास्टरिङ गरेका हुन्,।गीतको भिडियोमा निर्देशक निरेन श्रेष्ठको निर्देशन, नितिन वाईवा तामाङको नृत्य निर्देशन,राम के.सीको छायांकन,कल्पेश बिश्वकर्मा सम्पादन रहेको छ । गीतको भिडियोमा पुष्पा परियार र कुमार सुनेलको नृत्य सहित दमदार अभिनय रहेको छ ।

गीतको भिडियोलाई दर्शित म्युजिक एण्ड मिडियाले पोस्ट प्रोडक्सन गरेको छ, गीतको भिडियोलाई chiranjivi bhandarai अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त रमाईलो गीतको भिडियो ।

तपाईको प्रतिक्रिया