स्नातक तह प्रथम वर्ष तथा सेमेष्टर प्रणालीअन्तर्गत छैठौं सेमेष्टरको आंशिक परीक्षामा सम्मिलित भई परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरुले स्नातकोत्तर तहको प्रवेश परीक्षाको फाराम भर्न पाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले सूचना जारी गर्दै परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरुले फाराम भरी परीक्षामा संलग्न हुन पाउने जानकारी दिएको छ ।

‘त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयअन्तर्गत सञ्चालन गरिने स्नातकोत्तर तहको प्रवेश परीक्षामा स्नातक तह प्रथम वर्ष तथा सेमेष्टर प्रणालीअन्तर्गत छैठौं सेमेष्टरको आंशिक परीक्षामा सम्मिलित भई परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरुले पनि प्रवेश परीक्षा फाराम भरी उक्त प्रवेश परीक्षामा संलग्न हुन सक्नेछन्’, सूचनामा उल्लेख छ ।

त्यस्तै, प्रवेश परीक्षामा सफल विद्यार्थीहरुले स्नातकोत्तर तह प्रथम सत्रमा भर्ना हुने समयमा स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट अनिवार्य पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया