राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर पुग्नुभएको छ । उहाँ सेनाको स्काइ ट्रक एनए ०६४ मा काठमाडौंबाट त्यता जानुभएको हो ।

विराटनगरको सिटी प्यालेस एण्ड रिसोर्टमा आयोजित कार्यक्रममा सहभागी हुन उहाँ राजधानीबाट एक दर्जनकोे टोलीसहित पुग्नुभएको छ । उहाँ उद्योग व्यवसायी तथा स्वतन्त्रता सम्मान र भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

उहाँसँगै राजनीतक सल्लाहकार सुनिलकुमार थापालगायत सचिवालयका कर्मचारी छन् ।
प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, सचिव डिल्लीराम शर्मा, सहायक रथी मदनकुमार के.सी., अन्तर्राष्ट्रिय विज्ञ डा. सुरेश चन्द्र चालिसे, महासेनानी अच्युतम भण्डारी, सेनानी हरिबहादुर श्रेष्ठ, सेनानी राजकुमार श्रेष्ठ पनि विराटनगर गएको टोलीमा छन् ।

त्यसैगरी प्रेस सल्लाहकार किरण पोख्रेल, निजी चिकित्सक डा.निरज बम र फोटोग्राफर अनिश रेग्मी पनि सेनाको स्काई ट्रकमा गएका हुन् । राष्ट्रपतिको टोली बेलुकी राजधानी फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया