बिश्व नेपाली महासंघ जापान शाखाले यहि फेब्रुअरी एघार तारिखको दिउसो एक बजे सिनकानसेनको देशबाट कृति पहिलो पटक बिमोचन साथै ओ पेङदोर्जे प्रबास बिमोचन तथा कबि सयपत्री थुलुङ्को गाउँ फर्किरहेको परदेशी टोकियो साझ आयोजना गरेको छ। प्रबासको ब्यास्त समयलाई बचाएर सिर्जनामा मिसाउनु अनि एक अर्काको सिर्जनालाई सम्मान गरेर नेपाली भाषा साहित्य लाई बिस्वभर बाट जोगाइ राख्नु बिस्वभर फैलिएका नेपाली सिर्जना प्रेमिहरुको कर्तव्य जस्तै बनिरहेको छ।

सिनकानसेनको देशबाट पहिलो पटक पाठक माझ जाँदै छ भने ओ पेङदोर्जेले पहिला नै पाठक हरु माझ पुगिसकेको छ।”गाउँ फर्किरहेको परदेशी “नेपालमा बिमोचन भएपछि बिस्वभर भ्रमण गरिरहेका छन । हङकङ, कोरिया, क्रोसिया, यु ए इ लगायत नेपाल का सबै ठाउँबाट पाठकहरुबाट एकदमै उत्साहजनक प्रतिक्रिया पाइरहेकि सर्जक सयपत्री थुलुङ ले बिमोचन तथा बिमर्श कार्यक्रम हरु नेपालमै भइसकेको कारण जापान यानिकि कर्मभूमिबाट एकल बाचन गर्ने सोच राखेकी छिन । तपाई हरु पनि कबि सयपत्री थुलुङ्को कविता हरु सुन्न र सुनकानसेनको देशबाट तथा ओ पेङदोर्जे कृत हरुको बिमोचनमा उपस्थित भइदिनु अनुरोध छ बिनेसास को । पहिला बाट बिनेसास जापान ले विभिन्न कार्यक्रम

हरु गर्दै आइरहेको छ। यसपटक पनि कार्यक्रम भब्य हुनेछ भन्ने अपेक्षा राख्दछ त्यसैले टोक्यो आसपास हुनुहुने सम्पुर्ण सिर्जनशील मनहरुलाइ हार्दिक निमन्त्रणा पनि गर्दछ टोक्यो मा बिनेसास जापनले ।

तपाईको प्रतिक्रिया