विवादास्पद अभिव्यक्तिको आडमा राजतन्त्र फर्काउने भन्दै सर्वसाधारण उराल्न व्यस्त मेडिकल माफिया दुर्गा प्रसाईले यो वर्षभित्रै पूर्व राजा ज्ञानेन्द्र शाह राजगद्दीमा बस्ने र लगत्तै आफू प्रधानमन्त्री हुने बताएका छन् । आफूलाई भेट्न भक्तपुर निवासमा पुगेका केही बैंकरलाई हिजो दिउँसो प्रसाईंले शाह पुनः राजा र आफू प्रधानमन्त्री बन्ने रोडम्याप सुनाएका हुन् ।

वाक्यपिच्छे अश्लील शब्द प्रयोग गर्दै उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उछित्तो काढेको बताइन्छ । ‘प्रचण्डले १७ हजार मानिस मारेर प्रधानमन्त्री हुन मिल्ने, मैले सडकमा लाखौं मान्छे उतारेर प्रधानमन्त्री हुन किन नमिल्ने ?’ प्रसाईंले भनेका छन्, ‘पछिल्लो समय सहकारी ध्वस्त बनाइयो,लघुवित्त संस्थाहरुको हालत पनि त्यस्तै छ । अब बैंकहरुलाई पनि त्यस्तै अवस्थामा पुर्याइयो भने लाखौं मानिस सडकमा स्वतः उत्रिन्छन् । बैंकमाथिको प्रहार एनआइसी एशियाबाट शुरु गरेको छु । चन्द्र ढकाललगायत अरु दुईलाई अलिपछि दपेटिने छ ।’

उनका अनुसार एनआइसीका ४० लाख ग्राहक साना तथा मझौला आयस्रोतका छन् । बैंकलाई समस्याग्रस्त बनाउन सकिएमा ती मानिस आफ्नो पक्षमा सडकमा उत्रने उनले हाकाहाकी बताएका हुन् । त्यसपछि झण्डै १० लाख मानिसले प्रत्यक्ष रुपमा आफ्नो गुणगान र भक्ति गाउनेमा प्रसाईं ढुक्क देखिन्छन् । ‘देश भाँडमा जाओस् मलाई मतलब छैन । प्रचण्ड र ओलीले जिम्मा लिएको देश बिग्रेर मेरो केही हुनेवाला छैन,बरु ताक परे राम्रै हुन्छ,’ अगाडि भनेका छन्, ‘रवि लामिछानेले सबैलाई सरापेर जे गर्दा पनि हुने यो समाजमा दुर्गा प्रसाईंले ब्याज र ऋण पीडितको कुरा उठाउँदा किन केही केहीको टाउको दुख्ने ?’

‘प्रचण्डले १७ हजार मान्छे मारेर प्रधानमन्त्री हुन मिल्ने,मैले सडकमा लाखौं मान्छे उतारेर प्रधानमन्त्री हुन किन नमिल्ने ?’प्रसाईंले भनेका छन्, ‘पछिल्लो समय सहकारी ध्वस्त बनाइयो,लघुवित्त संस्थाहरुको हालत पनि त्यस्तै छ । अब बैंकहरुलाई पनि त्यस्तै स्थितिमा पुर्याइयो भने लाखौं मानिस सडकमा स्वतः उत्रिन्छन् । बैंकमाथिको प्रहार एनआइसी एशियाबाट शुरु गरेको छु । चन्द्र ढकाललगायत अरु दुईलाई अलिपछि दपेटिने छ ।’

प्रसाईंको बिर्तामोडस्थित बि एण्ड सी अस्पताललगायत विभिन्न कम्पनीमा मुख्यतः चार वटा बैंकले लगानी गरेको पाइएको छ । प्रभु,कुमारी,ग्लोबल र नबिल बैंकबाट झण्डै ६ अर्ब रुपैयाँ उनले लिएका छन् । नबिल बैंकको लगानी यसअघि एनबी बैंकले गरेको ऋण मर्जरपछि त्यता सरेको हो ।

प्रसाईंले एनआइसी एशियापछि आफ्नो प्रहारको निशाना उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालमाथि बनाएको पनि निकटस्थहरुसँग खुलाएका छन् । उनले पछिल्ला दिनमा अराजक अभिव्यक्ति दिँदै आएको एनआइसी बैंकसँग भने ऋण नलिएको बताइन्छ । बैंकका सहायक महाप्रबन्धक अर्जुन खनियाँले भने, ‘प्रसाईंसँग हाम्रो बैंकको कुनै कारोबार छैन ।’

उक्त घटनाक्रम पुष्टि हुने किसिमबाट प्रसाईंले योजनाबद्ध ढंगले सार्वजनिक मञ्च र सामाजिक सञ्जालको उपयोग गरेको देखिन आएको छ । उनले सामाजिक सञ्जालमार्फत् सेवाग्राहीलाई एनआइसी बैंकबाट आफ्नो रकम तत्काल झिक्न आग्रह गरेका थिए । प्रसाईंले लेखे,‘एनआइसी एसिया बैंक डुब्दै । बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नुहोला । सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला । बेलैमा होश पुर्याउनु होला ।’

‘देश भाँडमा जाओस् मलाई मतलब छैन । प्रचण्ड र ओलीले जिम्मा लिएको देश बिग्रेर मेरो केही हुनेवाला छैन,बरु ताक परे राम्रै हुन्छ,’ अगाडि भनेका छन्, ‘रवि लामिछानेले सबैलाई सरापेर जे गर्दा पनि हुने यो समाजमा दुर्गा प्रसाईंले ब्याज र ऋण पीडितको कुरा उठाउँदा किन केही केहीको टाउको दुख्ने ?’

वित्तीय सूचकले बलियो देखाइरहेको उक्त बैंकविरुद्ध सामाजिक सञ्जालमा प्रसाईंले एकोहोरो प्रहार गरेपछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमासमेत बैंकको वित्तीय अवस्थाबारे चर्चा भएको बताइन्छ । तर, केन्द्रीय बैंकको हवाला र बैंकको सबल वित्तीय अवस्थाबारे छलफल गरेपछि पदाधिकारीहरु ढुक्क भएको एक जना वडाध्यक्षले बताए ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा भएको बैंक एनआइसी एशिया हो । मुलुकभर यसका ३६० शाखा कार्यालय र ६७० एटिएम छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रूपैयाँ खुद नाफा कमाएको जानकारी दिइएको छ ।

पछिल्लो समय यो बैंकले ३ खर्ब ८१ अर्ब ३९ करोड ६० लाख रूपैयाँ निक्षेप संकलन गरेको छ । त्यसबाट ३ खर्ब २ अर्ब ६५ करोड ५० लाख रूपैयाँ ऋण लगानी गरेको देखिन्छ । बैंकको स्थिर सम्पत्ति ४ अर्ब १२ करोड बराबरको छ भने ३ अर्ब ४० करोड रूपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ ।

यता बैंकले जारी गरेको पछिल्लो विज्ञप्तिमा आफ्ना कुनै पनि शाखा बन्द गर्ने कुनै योजना नरहेको जानकारी दिएको छ । शाखा विस्तार गर्ने तयारीमा रहेको नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताएका छन् ।

SorceL;- Janaaastha

तपाईको प्रतिक्रिया