काठमाडौ :

‘सधै फेशनमा’ भन्ने थिमका साथ एचआईभी एड्सको न्यूनीकरणका लागि बुटवलमा ‘ओपन म्युजिक लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर हालै बुटवलमा कन्सर्ट गरिएको हो ।

एड्स हेल्थ फाउण्डेसन (एएचएफ) को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समूहको आयोजनामा बुटवलको ट्राफिकचोकमा भएको कन्सर्टमा गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले आफ्ना दर्जन गीत गाएका थिए ।

उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’लगायतका दर्जन गीत गाएका थिए । पोजेटिभ भाइब्स नेटवर्क (पीभीएन)ले कालीप्रसाद बासकोटाको इभेन्ट व्यवस्थापन गर्दै आएको छ ।

कन्सर्टमा नेभारा फेशन डिजाइनिङ्ग इन्स्टिच्युटको फेशन–शोसँगै कलाकारहरु निरज थापा, सगुन थापा, बिगेन गुरुङ, अस्टिन शाही, कुश्मिता पुनलगायत सत्यसाई कला केन्द्रको नृत्य प्रस्तुति, एचआईभी सम्बन्धी जनचेतनाका साथै नाटक, लोकल ब्याण्ड प्रस्तुति र स्थानिय कलाकारहरुको प्रस्तुतिसमेत देखाइएको थियो ।

आयोजकका अनुसार कण्डमको विषयमा जनचेतना जगाउन एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन, कण्डम वितरण, एचआइभी टेस्ट र कण्डम सम्बन्धी विभिन्न खेलसमेत खेलाइएको थियो ।

तपाईको प्रतिक्रिया