विराटनगर १६ स्थित मिल्स माध्यमिक विद्यालयकी शिक्षक पिंकी महतो उत्कृष्ठ शिक्षक सम्मान बाट पुरस्कृत भएकी छिन् ।उनलाई विद्यालयको ७३ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा ११ हजार १ सय नगद सहित सम्मान गरिएको हो।
नेपाली कांग्रेसका युवा नेता, उक्त विद्यालयका पूर्व विधार्थी प्रकाश दाहाल ले पिता ,शिक्षाप्रेमी एवम समाजसेवी स्व.योग प्रसाद उपाध्याय दाहालको स्मृतिमा २०७९ सालदेखि स्थापना गरिएको शिक्षक सम्मान पुरस्कार बाट यस वर्ष शिक्षक महतो सम्मानित भएकी हुन् ।उनलाई आज विद्यालयको ७३ औं वार्षिक उत्सव को अवसरमा विराटनगर महानगरपालिका की उप मेयर शिल्पा निराला कार्की तथा प्रकाश दाहालले सो पुरस्कार वितरण गरेका थिए

तपाईको प्रतिक्रिया