झापा, चैत १५ गते ।

झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया पबित्रा भेटवाल रहेका छन् । हिजो बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो भने घाईते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया