काठमाडौं । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठलाइ संयुक्त रुपमा सम्मान गरेका छन् ।काठमाडौंमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान गरेका हुन् । दाहालले श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

’श्रेष्ठले डेड दशकभन्दा लामो समयदेखि काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् ।सौन्दर्यको क्षेत्रमार्फत मुलुकलाई सेवा पु¥याउँदै आएकी श्रेष्ठको योगदानको कदरस्वरुप ‘सम्मान गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले काठमाडौं मलमा दुई वटा, बिजी मल र बुद्ध मलमा एक/एक वटा आउटलेट सञ्चालन गर्दै आएकी छिन् ।श्रेष्ठले करीव १ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत दिएकी छिन् । उनले सौन्दर्यको क्षेत्रमा सिक्न चाहनेलाई पनि प्रशिक्षण दिँदै आएकी छिन् ।‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ले अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिलाज् पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया