फेसकुब, इन्स्टाग्राम, टिकटक र यूटुबजस्ता डिजटल प्ल्यार्टफर्मको कारण युवा–युवतीलाई मनोरञ्जन उद्योगमा जम्न सहज अवस्था देखिन्छ । यद्यपि, अहिले नेपालमा टिकटक प्रतिबन्ध छ । तर टिकटकबाटै करिअर सुरु गरेका कतिपय युवायुवती अहिले चल्तीका कलाकार बनेका छन् ।

टिकटक र इन्स्टाग्राममा चर्चा कमाएर म्युजिक भिडियोमा जमेकी मोडल हुन् कविता नेपाली । उनले बनाएका नृत्यसहितका भिडियो रिलहरु भारतमा समेत भाइरल भएका छन् । नृत्यसँग सम्बन्धित टेलिभिजिन रियालिटी शो ‘बुगीउगी’को विजेतासमेत रहेकी कविताले हालसम्म दुई सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

अन्ततः उनै कविता अब चलचित्रमा पनि डेब्यु गर्ने भएकी छन् । प्रदिप शाहीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्लो’ बाट उनले डेब्यु गर्न लागेकी हुन् ।

चलचित्रको निर्माण टिमले कलाकारहरुको छनौट भएको जानकारी दिएको छ । उक्त चलचित्रमा कवितासहित सुनिल थापा र विजय लामा पनि अनुबन्धित भएका छन् । यसअघि प्रदिप खड्का र बेनिशा हमाल अनुबन्धित भएका थिए । चलचित्रमा विनोद सुवदीको लगानी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया