गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोप लागेको छ । उनकी श्रीमतीले बैबाहिक बलात्कार गरेको भन्दै चैत २० गते कन्चनपुरको ईलाका प्रहरी कार्यालय, झलारीमा जाहेरी दिएकी हुन् ।

‘उहाँकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिनुभएको छ । जाहेरी दर्ता भएर हाल छानबिनको प्रक्रिया अघि बढेको छ’,उनले भने ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर पुष्कर पन्तले गायक ओडविरुद्ध उजुरी परेको बताए । यसबारे छानबिन भइरहेको उनले जानकारी दिएका छन् ।

‘उहाँकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिनुभएको छ । जाहेरी दर्ता भएर हाल छानबिनको प्रक्रिया अघि बढेको छ’,उनले भने ।

नेपाल आइडल सिजन-२ का विजेता ओड कृष्णपुर नगरपालिका, गुलरियाका हुन् ।

तपाईको प्रतिक्रिया