गायक निसान भट्टराइसँग डिर्भोस गरेपछी मोडल ऋचा न्यौपानेले डिभोर्स भएकै कथामा अभिनय गरेकी छिन् । तथापी यो गीतको कथा उनको जीवनमा मिल्दोजुल्दो छैन ।

गीतकार विष्णुकुमार गिरीको नयाँ गीत ‘गुनासो’ मा उनको अभिनय रहेको छ । गिरीको शब्द रचना रहेको गीतमा कमल विष्ट स्वर तथा संगीत छ । गीतलाई दर्पण यात्रीले एरेन्ज गरेका छन् ।

नुन खाएकाले गुन बिर्सेर गए

न्यानो पाएकाले ऊन बिर्सेर गए

छातीभित्र गुनासो छचल्की रह्यो

आफ्नाले नै आफ्नै हुन बिर्सेर गए

गीतले सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भाव प्रस्तुत गर्छ । बिमले निर्देशन गरेको गीतको भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाले अभिनय गरेका छन् ।

भिडियोमा प्रकाश खड्काको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोलाई ‘टुलुमुन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

तपाईको प्रतिक्रिया