अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरसमितिद्धारा आयोजीत भित्तेपात्रो बिमोचन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री माननीय अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यतामा तारकेश्वर १० स्थीत त्रिवेणी व्याङक्वेटरमा आज आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश सभा क र ख का सभापति क्रमश ख्याम तिवारी र बिष्णुभत्तः तिमिल्सीना, नेपाली काँग्रेस बाग्मती प्रदेशका सदस्य इन्द्रमान महर्जन, नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, नेपाली काँग्रेस तारकेश्वर १० का सभापति एवं वडा अध्यक्ष कुमार राई लगायतका अतिथिहरुले मजदुर दिवसको सुभकामना व्यक्त गर्नुभयो । नेपाल ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरसमितिका अध्यक्ष अच्चुत ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, नेपाली काँग्रेस काठमाण्डौं जिल्लाका सदस्य लक्ष्मण महर्जन, नेपाली काँग्रेसका काठमाण्डौं क्षेत्र नं ६ का सचिब उत्तम अधिकारी लगायत तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, ट्रेडयुनियनका नेताहरु, काँग्रेसका भातृ तथा सुभेच्छुक संस्थाका बिभिन्न पदमा आसीन नेतागणहरु लगायतको उपस्थीति रहेको थियो । तस्वीर रबिन थपलिया ।

तपाईको प्रतिक्रिया