सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले चित्रकला प्रतियोगीता सम्पन्न गरेको छ । अष्ट्रेलियामा जन्मिएर हुर्किदै गरेका नेपाली बालबालिकाहरु लाई नेपाली भाषा, कला, संस्कृती, र मौलिक परम्परा सिकाउदै प्रवासमा यसको प्रबर्द्धन गर्ने उद्देस्यले नई एकेडेमी अष्ट्रेलियाले ४ मे शनिवार सेभेन हिल्स स्थित मेडो पब्लिक स्कुलमा कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा बालबालिकाका अभिभावकहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाली बालबालिकाहरुकाबीचमा भातृत्व सिर्जन तथा कलात्मक विकास गर्ने गरी आयोजना गरिएको कार्यक्रम निकै सह्रायिन भएको बताए ।

कार्यक्रमको सभापतित्व गर्दै नई प्रकाशन अष्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले नई प्रकाशनको भुमिकाको बारेमा प्रस्ट पार्दै डिसेम्बर १६,२०२२ मा नइ प्रकाशन नेपालको सम्मानमा अस्ट्रेलियामा नई एकेडेमीको शाखा खुलेको बताईन्। यस पटकको कार्यक्रम नई एकेडेमीकै पूर्ण व्यवस्थापनमा सम्पन्न भएको भन्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रो. गार्गी शर्मा, आर एफ एम फेसिलिटी प्रतिनिधि मिना गुप्ताको विशेष उपस्थिति रहेको थियो ।

प्रतियोगिता ५देखि १२ र १२ देखि १६ बर्ष समुहमा गराइएको थियो भने परिसा पाठक,सम्वृद्धि आचार्य र ईभ्रम बराल को चित्रकला लाई उत्क्रिस्ठ स्थान हासिल गर्‍यो।तिन उत्कृस्ट बिजेताहरुलाइ १०० डलर र प्रमाण पत्र दिइएको थियो। चित्रकार कृष्ण मल्ल र संस्थाको तर्फबाट महासचिव प्रनाव बिक्रम थापा को टीमले प्रतिस्पर्धी चित्रकलाहरुको मूल्यांकन गरेको थियो। कार्यक्रममा बाल कलाकार अक्क्षिता तिमिल्सिना र संस्थाकी सचिव संगिता के.सी को स्वागत मन्तव्य रहेको थियो भने बाल कलाकारले प्रस्तुती समेत दिएका थिए । कार्यक्रमको सञ्चालन नई एकेडेमीको उपाध्यक्ष जेनिशा गौतम र बाल मुकुन्द तिमिल्सिनाले संयुक्त रुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया