विराटनगर, १४ असार । मोरङको विराटनगरमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि सञ्चारकर्मी एवम् स्वास्थ्यकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रलाय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजानामा विराटनगरमा अन्तरक्रिया भएको हो । स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले अन्तक्रियाको उद्घाटन गर्नुभयो।

अन्तरक्रियामा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले स्वास्थ्य कार्यक्रम हरुको सुचक, प्रगति र चुनौति विषयमा प्रस्तुतिकरण दिनु भयो ।

त्यस्तै, सम्बाद समूह मोरङका सुमन सुस्केराले कोशी प्रदेशका स्वास्थ्य संस्थाकाे अवस्था, समस्या र राम्रा प्रयासका बारेमा प्रस्तुतीकरण दिनुभयो।

तीन तहको सरकारले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच पुऱ्याउन लाग्नु पर्नेमा जोड दिंदै प्रमुख अतिथि मन्त्री कार्कीले आफ्नो कार्यकाल अवधि भर राजनीतिकरणबाट मुक्त राख्न लागिपर्ने बताउनु भयो ।

प्रदेशका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभावको व्यवस्थापन गर्ने उहाँ को भनाई छ। दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच बढाउने उहाँले बताउनुभयो । ऐन कानुन निर्माण गरी नयाँ ढंगका साथ आफू लागि पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव राधिका स्वास्थ्य साक्षारता कम भएकाले पनि प्रदेशमा भने जसरी सफलता हासिल हुन नसकेको बताउनु भयो । सोको विषयमा विश्लेषण गर्न जरुरी रहेको उहाँ को भनाई छ ।

स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका सराहनीय भएको उहाले बनाउनु भयो । लक्ष्य प्राप्तिमा मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ छ। मन्त्रालयको सीमितताले गर्दा भने जस्तो काम गर्न न सकिएको उहाँ ले बनाउनु भयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष हेमा चेम्जोङले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न कोशी प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गर्नुभयो । स्वास्थ्य, शिक्षामा राजनीतिकरणको अन्त्य हुनुपर्ने मा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया