विराटनगर : माेरङकाे बुढीगङ्गा गाउँपालिका वडा नम्बर -३ स्थित जेष्ठ नागरिक भवनमा सामाजिक संगठन मोरङले “शिक्षा चाहिन्छ शिक्षाबाट सबैथोक पाइन्छ” भन्ने नाराका साथ हिजो एक कार्यक्रम सम्पन्न गरेको छ ।
ऋषिदेव समुदायका व्यक्तिहरूलाई सरकारले विशेष प्राथमिकता दिएर शिक्षामा अगाडि बढाउन खाेजे पनि विद्यालयहरूमा यस समुदायका व्यक्ति हरूकाे उपस्थिति न्यून देखिएपछि के कारण र समस्याले गर्दा उपस्थिति नभएको हाे ? भन्ने बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले विद्यालयमा ऋषिदेव समुदायका व्यक्तिहरूकाे आकर्षण नहुनेका कारण र समस्याहरूकाे पहिचान गरि समधानका उपायहरू अवलम्बन गर्नुपर्नेमा जाेडदिएका थिए ।

कार्यक्रममा सामाजिक संगठन मोरङको शिक्षा समुहमा अध्यनरत श्री उमेश ऋषिदेवलाई सम्मान गरिएको छ । उनी पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् । उनी पढ्न, लेख्न सक्ने बनेका छन् । हाल उनी अहिले अंग्रेजी र कम्प्युटर सिक्दै आएका छन् ।
कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले सबैलाई शिक्षा चाइन्छ शिक्षाबाट नै सबै थोक पाइन्छ । शिक्षा लिन काेही पनि नछुटै भन्ने धारणा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका मोरङका अध्यक्ष्य श्री जीत नारायण थापा मगर , विशिष्ट अतिथिमा ऋषिदेब समुदायका राष्ट्रिय युवा परिषद् सदस्य मनिता ऋषिदेव ,राष्ट्रिय युवा परिषद् सदस्य श्री मनिता रिषिदेव र बुढीगंगा गाउँपालिका कार्यसमिति सदस्य श्री किरण चौधरी , गाउँपालिकाका अधिकृत कृष्ण भट्टराई, नेमूवा प्रहरी इन्चार्ज एवम् सही भुवन श्रेष्ठ , बुढीगंगा वडा नम्बर -२ दलित सदस्य सुमित्रा ऋषिदेब , ३ नम्बर वडा सदस्य श्री मनसरी ऋषिदेभ , टंकीसिनबारी जेसिस २०२५ का अध्यक्ष श्री अनिस भट्टराई लगायतकाे उपस्थिति रहेको थियो ।

यस संस्थामा हालसम्म स्थानीय कोषराज खनालले रू २००० आर्थिक सहयोग गर्नुभएको छ । यस बाहेक अरू कसैले पनि सहयोग नगरेको सामाजिक संगठन मोरङका अध्यक्ष श्री दिनेश सापकोटाले जानकारी दिनुभयाे ।
कार्यक्रममा १६० जना भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक संगठन मोरङका अध्यक्ष श्री दिनेश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




































