- महेश भट्टराई

महेश भट्टराई /विराटनगर, २०८१ चैत ७ गते बिहीबार ।  विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा अखिल क्रान्तिकारीका राेहित यादव १ हजार १ सय १८ मत प्राप्त गरि निर्वाचित भएका छन् । यादवले नेविसंघका प्रज्वल विष्टलाई ४३ मतको अन्तरले पराजित गरेका हुन् ।

 

नेविसंघ उम्मेदवार प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे ।

 

तेस्रो स्थानमा रहेका अनेरास्ववियु उम्मेदवार अनिश बोगटीले २ सय ३२ मत प्राप्त गरे ।

 

महेन्द्र मोरङमा नेविसंघको डाक्टर शेखर कोइराला पक्षले योगराज दाहाललाई उम्मेदवार बनाएको थियो । दाहालले ६० मत प्राप्त गरे ।

 

त्यसैगरी सचिव पदमा नेपाल विद्यार्थी संघकी सुदिक्षा थापा मगर विजयी भएकी छिन । उनले ७४१ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेश कुमार यादवलाई १५३ मतले पराजित गरिन ।

यसैगरी कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकै रोशन कुमार पासवान निर्वाचित भएका छन् । अन्य निर्वाचित सदस्यहरूमा गौतम कुमार मण्डल, मो साहिन, कौशलकुमार साह (तेली), सुसान्त बस्नेत, नविन बाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले, र रामदत कुमार मेहता रहेका छन् ।

 

महेन्द्र माेरङ क्याम्पसकाे इतिहासमा वि.सं. २०३६ साल यता भएका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचनकाे इतिहास हेर्दा उनी यस क्याम्पसकाे १५ औँ सभापति बन्न सफल भएका हुन् ।

महेन्द्र मोरङमा यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए । त्यसबेला अखिल क्रान्तिकारीले अखिलसँग तालमेल गरेको थियो । योपटक एक्लै चुनाव जितेर इतिहास रचेको छ ।

यस्तो छ महेन्द्र माेरङ क्याम्पसमा स्ववियुको इतिहास
महेन्द्र मोरङ क्याम्पसमा पहिलो पटक वि. सं.२०३६ सालमा ध्रुवनारायण श्रेष्ठको सभापतित्वमा स्ववियु गठन भएको थियो । २०३८ सालमा भने स्ववियु निर्वाचनका क्रममा तत्कालीन नेविसंघका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा गरेको थियो । त्यही वर्षको मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भएको इतिहास छ । त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भयो । त्यसपछि भएको ४० सालको स्ववियु निर्वाचनमा भरतराज पोखरेल सभापतिमा निर्वाचित भए । २०४१ सालमा रमेश भट्टराई निर्वाचित हुँदा २०४३ सालमा भुराज राई सभापति चयन भए । ०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मी सभापति चयन भए । ०४९–०५१ देखि यदु विष्ट, ०५१ देखि ०५३ मा गुरुराज घिमिरे सभापतिमा चयन हुँदा ०५३ सालमा ऋषिकेश पोखरेल, २०५५ सालमा उपेन्द्र गच्छदार, २०५७ र २०६० मा सागरकुमार थापा, २०६२ सालमा भीम पराजुली र २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भएको थियो । वि.सं. २०७९ जसवन्त पौडेलले स्ववियु समालेका थिए ।

वि.सं.२०३६ सालमा ध्रुवनारायण श्रेष्ठ
वि.सं. २०३८ विजयकुमार गच्छदार
वि.सं. २०४० भरतराज पोखरेल
वि.सं. २०४१ रमेश भट्टराई
वि.सं. २०४३ भुराज राई
वि.सं. २०४५ महेश रेग्मी (२०४५-२०४९)
वि.सं. २०४९ यदु विष्ट (२०४९-२०५१)
वि.सं. २०५१ गुरुराज घिमिरे (२०५१- २०५३)
वि.सं. २०५३ ऋषिकेश पोखरेल
वि.सं. २०५५ उपेन्द्र गच्छदार
वि.सं. २०५७ सागरकुमार थापा (२०५७-२०६०)
वि.सं. २०६० भीम पराजुली
वि.सं. २०६५ जयराम सुन्दास
वि.सं. २०७९ जसवन्त पौडेल
वि.सं. २०८१  राेहित यादव

 

 

 

निर्वाचन कार्यलयका अनुसार कुल ४३.९३ प्रतिशत मात्र मत खसेको थियो । क्याम्पसमा कुल ५९८४ जना मतदाता रहेकोमा २६३१ जनाले मात्र मतदान गरेका थिए ।
निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. शुशिल अधिकारीले जानकारी दिए अनुसार मतदान गर्न ३६२३ जना विद्यार्थी अनुपस्थित भएका थिए ।

 

 

त्रिपक्षीय प्रतिस्पर्धा

नयाँ नेतृत्वका लागि यस क्याम्पसमा प्रत्यक्षतर्फ एक स्वतन्त्रसहित सात जना उम्मेदवार मैदानमा उत्रिएका थिए । जसमा ७२ जना प्रत्यक्षतर्फ रहेका थिए भने समानुपातिक तर्फ नौ वटा संगठन रहेका थिए । निर्वाचन कार्यालयले १५ वटा मतदान स्थल बनाईएको थियो ।

स्वतन्त्र उम्मेदवार योगराज दाहाल नेपाल विद्यार्थी संघ इतर समूहका हुन् । नेवि संघबाट दाहाल र प्रज्वल विष्टलेले उम्मेदवारी दिएका थिए । विष्टले आधिकारिता पाएका थिए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट अनिस बोगटी सभापतिको उम्मेदवार थिए । माओवादी कन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रोहित यादव सभापतिको उम्मेदवार थिए ।

सभापतिमा विद्यार्थी जनमत संघबाट रुपेश सिंह, अखिल क्रान्तिकारी बहुमतबाट अनिसा राई, प्राज्ञिक विद्यार्थी परिषद्बबाट विवस कटुवाल अध्यक्षको उम्मेदवार थिए । सभापतिमा  सात जना प्रतिस्पर्धी भएपनि मुख्य प्रतिस्पर्धा भने नेविसंघ र अखिल क्रान्तिकारीबीच नै भएको थियो ।

नेविसंघमा विवाद हुँदा अखिल क्रान्तिकारीका लागि जित निश्चित बन्यो नेविसंघमा विवाद नभएको भए लगभग प्यानलै जित्ने निश्चित थियो ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो ।
त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

तपाईको प्रतिक्रिया