काठमाण्डौ – आज सुनको भाउ एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि यही वैशाख ४ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाब हुँदै आएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय १० रुपैया कायम भएको थियो ।

तपाईको प्रतिक्रिया