मोरङ, २३ वैशाख ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाई गणतन्त्र दिवस¬¬–२०८२ दिवसको रुपमा नभई भव्य रुपमा मनाउन निर्देशन दिनु भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज बसेको वैठकले आगामी जेठ १४,१५ र १६ दिवसमा भव्य रुपमा नागरिकहरुको सहभागितार्मा गणतन्त्र प्राप्त भएपछि प्राप्त उपलव्धी सम्बन्धमा जानकारी गराउनु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यक्ता र उपलव्धी सम्वन्धमा अन्तरक्रिया र कार्यक्रमको आयोजना गर्न निर्देशन दिनुभयो ।
प्रदेश सरकारले आगामी गणतन्त्र दिवस १४,१५ र १६ गते तीन भव्यरुपमा मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा आज यहाँ मूल समारोह समिति गठन गरिएको छ।

गणतन्त्र दिवसको उपलक्ष्यमा जेठ १४ गते प्रदेशका मन्त्रीहरुको नेतृत्वमा आफ्नो मन्त्रालय, स्थानीय पालिकाका प्रमुख वा अध्यक्षको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन,परिसर,सार्वजनिक स्थल सरसफाइ गर्ने, सार्वसाधारण नागरिकहरुले आ–आफ्नो घरआँगन सरसफाई गर्ने, लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलव्धी विषयक कार्यपत्र , अन्तरक्रिया, पत्रकार सम्मान तथा निवन्ध प्रतियोगिताका प्रतियोगिताहरुलाई पुरस्कार वितरण गर्ने,साँझ दिपाविली गर्ने कार्यक्रम रहेको छ।
यस्तै जेठ १५ गते मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नेपाल,प्रदेश सरकार,स्थानीय कर्मचारीहरु व्याण्डबाजा सहित सुरक्षा निकायका कर्मचारीहरु, विभिन्न संघसंस्थाले रोडशेष चोकमा भेलाभई प्रभातफेरी गरी महेन्द्र चोकमा समारोहमा सहभागी हुने,साँझ सबैले आफ्नो घरमा दिपावली गर्ने कार्यक्रम रहेको छ।
यस्तै जेठ १६ गते अस्पतालका विरामीहरुलाई फलफूल वितरण ,मानव सेवा आश्रमकाावृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने र साँझ दिपावली गर्ने निर्णय गरिएको छ।
जिल्ला समन्वय समितिकाको अध्यक्ष सबै जिल्लामा , स्थानीय तहका प्रमुखको अध्यक्षतामा सवै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पत्रचारगर्ने निर्णय गरिएको छ।¬¬¬

तपाईको प्रतिक्रिया