महेश भट्टराई / काठमाण्डू: सेयर बजार बुधबार पनि घटेको छ । यस दिन नेप्से सूचक १३.८४ विन्दुले घटेर २६२०.३९ अंकमा आएको छ । ८ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा  नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज ३ सय १५ वटा कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स परेका छन् ।

वैशाख महिनामा कति गते , कुन दिन नेप्से सूचक कति घटबढ भयो ? पूरा विवरण

२ गते मंगलबार २६८९.२२(२७.१४)
३ गते बुधबार २६९६.२३(७.०१)
४ गते बिहीबार २७२२.७३ (२६.४९)
७ गते आइतबार २७०६.०४ (१६.६८)
८ गते साेमबार   २६९८.२८(७.७५)
९ गते मंगलबार २६८८.३२ (४.९६)
१० गते  बुधबार २६५५.९४ (३२.३८)
११ गते  बिहीबार २६५८.०२ ( २.०८ )
१४ गते आइतबार २६६१.६० (३.५८)
१५ गते साेमबार   २६४७.०७ (१४.५३)
१६ गते मंगलबार   २६३१.९८ ( १५.०८)
१७ गते बुधबार २६२३.८३(८.१४)
२१ गते आइतबार २६२०.३९ (३.४४)
२२ गते साेमबार   २६१०.४० (९.९८)
२३ गते मंगलबार २६१४.६७ (४.२६ )
२४ गते  बुधबार २६७३.६९ (६२.२५)
२५ गते बिहीबार २६६१.६१(१२.०४)
२८ गते आइतबार २६४९.११ (१२.५३)
३० गते मंगलबार २६३४.२३ (१४.८७)
३१ गते  बुधबार  २६२०. ३९ (१३.८४)

 

सेयर बजार समिक्षा :

नेप्से वि.सं. २०८१ सालको अन्तिम कारोबार ८ दशमलव ६२ अङ्कले घटेर २६६२.०८ विन्दुमा आएको थियो । यस दिन ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । वि.सं. २०८० को अन्तिम करोबारको दिन नेप्से परिसूचक २०२५.७० विन्दुमा रोकिएको थियो । विभिन्न उतारचढावका बाबजुद २०८१ सालमा नेप्से परिसूचक ६३६.३८ अंकले बढेको थियो।
२०८१ सालमा नेप्से सूचक घुमी फिरि २२ सयदेखि ३ हजार माथिसम्म पुग्न सफल भयो ।

कारोबार रकमले इतिहास रचेको वर्ष

सेयर बजारका निम्ति २०८१ साल सुखद रहेको थियो । ०८१ मा लगानीकर्ताले सेयर बजारबाट राम्रै आर्जन गरे । सेयर बजार बढेर तीन हजार विन्दु पार गर्‍यो । ०८० मा सेयर बजार १९ सय विन्दुभन्दा तल थियो ।

यति मात्र होइन, ०८१ मा सेयर कारोबार रकमले नयाँ रेकर्ड बनायो । ०८१ साउन ३१ गते २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भयो । सेयर कारोबारको इतिहासमा यो हालसम्मकै उच्च मूल्य हो । ०७८ साउन ३१ गतेको उच्च मूल्यको सेयर खरिद–बिक्रीको रेकर्ड ०८१ मा तोडियो । ०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

०८१ वैशाख १० गते वर्षकै कम मूल्यको सेयर कारोबार भएको थियो । त्यो दिन दुई अर्ब पाँच करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

तोडिएन उच्च विन्दुको रेकर्ड

०८१ असार १७ गते राति नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बन्ने सहमति भयो । त्यसको भोलिपल्ट अर्थात् असार १८ गते नेप्से परिसूचक ४७ अंकले बढ्यो । सहमति भएको दिन असार १७ गते पनि बजार १६ अंकले बढेको थियो ।

उक्त असार १६ देखि साउन ३१ गतेसम्म ३४ दिन सेयर कारोबार भयो । त्यसमध्ये आठ कारोबार दिनमा २४२.९३ अंकले परिसूचक घट्यो । बाँकी २६ कारोबार दिन परिसूचक एक हजार १५९ अंकले बढेको थियो ।

कांग्रेस–एमालेबीचको सहमति र नयाँ सरकार बनेपछि नेप्से परिसूचक साउन ३१ सम्म ४७.३१ प्रतिशतले बढ्यो । साउन ३१ गते बजार ३०००.८१ विन्दुमा पुग्यो । असार १६ गते बजार २०३७.०९ विन्दुमा थियो । तर, साउन ३१ गतेपछि बजार घटेर २४४२.६३ विन्दुसम्म झर्‍यो ।
०८१ सालको पहिलो कारोबार दिन वैशाख २ गते २०२३.३५ विन्दुमा भएको बजार अन्त्यमा त्योभन्दा ६३८.७३ अंक माथि आएको थियो ।

०७९ मा बजार न्यून विन्दु अर्थात् १८१५ मा थियो । त्यसपछि बजार उकालो लागेको थियो ।

०७८ भदौ २ गते नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन नेप्से परिसूचकले ३२ सय विन्दु पार गरेको थियो । तर, अन्तिम समयमा परिसूचक ३१९९.०३ विन्दुमा बन्द भयो । त्यसपछि बजार घटेर १८१५.१४ विन्दुसम्म झर्‍यो ।

आर्थिक वर्ष २०७९ ,२०८० र २०८१ सेयर कारोबार गर्नेका निम्ति दुःखदायी रह्यो । उच्च विन्दुमा खरिद गर्नेले आफ्नो लगानी गुमाए । तर, उक्त समयमा लगानी गर्नेले ०८१ साउन, भदौसम्ममा राम्रै कमाए ।

०८१ साउन ३१ गतेपछि बजार दुई हजार विन्दुभन्दा तल झरेको छैन । यही कारणले पनि हाल बजार ‘बुलिस ट्रेन्ड’मै रहेको सेयर बजारका जानकार टिप्पणी गर्छन् । ३१९९ विन्दु पार गर्न बजारले आधार तयार गरिरहेको बताइएको छ ।

गएको असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भयो । नयाँ अर्थमन्त्री बने, विष्णुप्रसाद पौडेल । पौडेल अर्थमन्त्री बन्दा बजार सधैँ बुलिसमा जाने भन्दै चर्चा चलाइयो । हुन पनि यसअघि पौडेल नै अर्थमन्त्री बन्दा बजार उच्च विन्दुमा पुगेको इतिहास छ ।

०८१ असार ३१ गते पौडेलले अर्थमन्त्रीका रूपमा शपथ लिएका थिए । उनी अर्थमन्त्री बनेपछि पनि लगानीकर्ता उत्साहित नै देखिए । अर्थमन्त्रीमा पौडेल आएपछि लगातार ६ कारोबार दिन उच्च अंकले परिसूचक बढ्यो ।

त्यसपछिको एक महिनामा सेयर बजारका ‘खेलाडी’ले राम्रै आर्जन गरे । बजार बढेको क्रम हेर्दा यसअघिको उच्च विन्दु ३२ सयलाई पार गर्ने अनुमान धेरैले गरेका थिए । तर, बजार तीन हजारभन्दा माथि जान सकेन ।

तपाईको प्रतिक्रिया