मोरङ,६ असार ः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विकास निर्माणका संरचना मानवीय त्रुटिकाकारण मनसुनजन्य विपतको वढीरहेकोे बताउनु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना सम्वाद कार्यक्रमको उद्घाटन गर्दै उहाँले नीति तथा कानुनको उल्लङ्घन गरी भौतिक निर्माण कार्य अघि वढाएको कारण मनसुन विपदको जोखिम देखिने गरेको धारणा राख्नु भयो ।
उहाँले भन्नु भयो, ‘पछिल्लो दिनहरुमा मनसुनजन्य विपतले आर्थिक ,भौतिक र मानवीय क्षतिको मुख्य जिम्मेवारी हामी आफै रहेकोले यसप्रति सचेत भई सच्चाउनु जरुरी रहेको छ।’
मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मीहरुले समूहगत रुपमा नागरिकक घरमा पुगी सर्पदंश,आगलागी, वाढीपहिरो जस्तो विपदका जोखिमबाट बच्ने उपायका सम्बन्धमा जनचेतना जागृत गराउनु आवश्यक भएको धारणा राख्नु भयो।
उहाँले सरकार मानवीय जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने कुरामा गम्भिर रहेको बताउनु भयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले पाँच बर्षे ‘प्रदेश विपद व्यवस्थापन रणनीति कार्ययोजना’ कार्य अघि वढाएको जानकारी दिनु भयो ।
उहाँले प्रदेशका मनसुनजन्य अति जोखिम दुई हजार ४६६ घर परिवारलाई स्थान्तरण कार्यमा स्थानीय तहको सहयोगमा कार्य शुरु गरेको बताउनु भयो ।
मन्त्रालयका सचिव रामप्रसाद आचार्यले प्रदेशको विपद् क्षति न्यूनिकरण व्यवस्थान गर्न रणनीतिक योजना कार्यान्वयनमा आएको जानकारी दिँदै जेठ १८ देखि असोज १४ गतेसम्म प्रदेशमा मनसुनजन्य जोखिम रहेको जल तथा वायुविज्ञानवाट सूचना प्राप्त भएको बताउनुभयो ।
पूर्व सचिव केदार न्यौपानेले “मनसुन हिजो, आज र भोली” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने “२०८१ सालको मनसुन चित्रहरुमा” ,डीपीनेटका अध्यक्ष डा. राजु थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण” ,राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गोमा चेम्जोङले सङ्घीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विज्ञ रामकुमार दाहाल र यसप्रसाद सुव्वाले प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्को जोखिम वढिरहेको –मुख्यमन्त्री कार्की
