विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले सामुदायिक सेवा अभिवृद्धि गर्ने उद्देश्यले जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेको छ।

विद्यालय परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमबीच १९८ जना विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको मञ्चकी अध्यक्ष ललिता जाजुले जानकारी दिइन । कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सहयोग र सेवा भावनाको सन्देश प्रवाह गरेको मञ्चले जनाएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा मञ्चका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। महेश्वरी महिला मञ्चले विगतदेखि नै सामाजिक कार्यहरूमा सक्रिय भूमिका खेल्दै आएको छ।

तपाईको प्रतिक्रिया