विराटनगर, असार ९ । १५औं अन्तराष्ट्रिय एकल महिला दिवसको अवसर पारेर विराटनगरमा ‘एकल महला सुरक्षा कोष’ कार्यविधी निर्माण सम्वन्धि छलफल नेपाल पत्रकार महासंघको हलमा सोमबार सम्पन्न भएको छ । कोष संचालन कार्यविधी देखिएका त्रुटीहरुलाई सच्याउँदै अगाडी वढ्नु पर्ने भन्दै विचार व्यक्त गरेका थिए ।
विराटनगर महानगरपालिकाका उप प्रमुख शिल्पा निराला कार्कीले एकल महिलाहरु समस्याहरु समाधानका लागि कार्यविधी वनाए अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो उहाँले एकल महिलालाई विराटनगर महानगरपालिकाले आगामी दिनमा अवश्यक सहयोग गर्न तयार रहेको वताउनुभयो ।उहाँले एकल महिलाहरुको क्षमता अभिबृद्धिका साथै आवश्यक सिपमुलक कामका लागी आवश्यक मात्रामा सहयोग गर्ने बताउनुभयो । छलफल मा सहभागी हरुले योजना वनाउने तर त्यसलाई कार्यान्वयनको पक्ष भने कमजोर रहेको सहभागीको धारणा थियो । कोशी प्रदेशमा एकल महिला मोरंगमा ३७ हजार ७ सय ५५, सुनसरीमा २७ हजार ७४ र उदयपुरमा १६ हजार ७ सय ५४ रहेको तथ्याँक समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम डब्लुएसआर मोरंगका अध्यक्ष चुडा कुमारी रेग्मी ले एकल महिलालार्य जिवन यापनमा सहज बनाउनको लागी आवश्यक योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया