विराटनगर÷ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग बेल्जियम शाखाद्वारा आयोजित वार्षिक तथा ग्रिल कार्यक्रम बेल्जियमको लुभेन सहरमा भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बेल्जियमबाहेक युरोपका अन्य मुलुकहरूमा रहेका रास्वपा प्रवास विभागका प्रमुख, विभागीय सहयोगी, समर्थक, विभिन्न देशका कार्यसमिति सदस्यहरू तथा रास्वपाप्रति माया र समर्थन राख्ने नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बेल्जियममा कार्यरत नेपाली राजदूतावासका महामहिम राजदूतसहित विभिन्न संघसंस्थाका विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा रास्वपामाथि देशमा भइरहेको अन्याय, अत्याचार र बेथितिप्रति चासो व्यक्त गर्दै सोको विरोधमा देश तथा विदेशमा भइरहेका अभियानहरूप्रति ऐक्यबद्धता जनाइएको थियो ।
कार्यक्रममा ‘हस्ताक्षर अभियान’सहित विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रमहरू पनि सम्पन्न भएका थिए । सहभागीहरूले प्रवासमा रहेर पनि मातृभूमिमा भइरहेका राजनीतिक घटनाक्रमप्रति चासो राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम मनोरञ्जनात्मक मात्र नभई राजनीतिक सन्देशसहित व्यापक रूपमै सफल भएको आयोजकहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया