काठमाण्डौ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा, गीत–संगीतको माहोल पनि तात्न थालेको छ । यसै सन्दर्भमा लोकप्रिय गायक तथा सर्जक समीर आचार्य र लोकप्रिय गायिका एलीना चौहानको स्वरमा नयाँ तीज गीत ‘ओम् नमः शिवाय’ भर्खरै सार्वजनिक भएको छ । यस गीतले परम्परागत तीजका धार्मिक र सांस्कृतिक भावनालाई आधुनिक सांगीतिक प्रस्तुतिमा उतार्ने प्रयास गरेको छ ।
समीर आचार्यले शब्द, लय र स्वर तीनै पक्षमा आफ्नो योगदान दिँदा एलीना चौहानले आफ्नो मीठो स्वरबाट गीतलाई थप कर्णप्रिय बनाएकी छिन् । गीतको संगीत संयोजन र मिक्सिङ हेमन्त शिशिरले गरेका हुन् भने रेकर्डिङ तरङ्ग स्टुडियोमा गरिएको हो ।
पौराणिक मन्त्र ‘ओम् नमः शिवाय’को प्रयोगले गीतलाई आध्यात्मिक बनाएको छ, जुन आजका युवापुस्ताले पनि रुचाउने शैलीमा पस्किएको छ । भिडियोमा मोडल बिमल अधिकारी र मोडेल नीरा तामाङको आकर्षक अभिनय देख्न सकिन्छ ।
भिडियोमा नितिन वैवाको कोरियोग्राफी, निरन श्रेष्ठको निर्देशन, र चक्र बि. बरालको छायांकन रहेको छ । भिडियो सम्पादन तथा रङ संयोजन बिष्णु खड्काले गरेका छन् भने पोस्ट प्रोडक्सन रोयल मुभिज प्रा.लि. र सफल मोसन पिक्चर्सले संयोजन गरेका हुन् । विकृतिजन्य गीत संगीतको भिडमा यस गीतको मौलिक रसले जोसुकैलाई पनि नतमस्तक बनाउनेमा ढुक्क रहन सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।