काठमाडौं । वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको छ ।
युट्युबको माध्यममा सिमित दर्शकहरुको नजर परेता पनि अहिले आयोजना भैरहेको बिभिन्न कार्यक्रममा यो गीत बज्ने गरेको छ । गीतमा सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको छ ।
आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा यस गीतको म्युजिक भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय देख्न सकिन्छ ।
गीतलाई सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।