इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ७ बजेदेखि सुरु भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् ।

मेघा खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कार समेत प्राप्त गरेकी छन् । यस्तै रईशा चौधरीले ‘अर्गनाइजर च्वाइस’को अवार्ड हात पारिन् भने प्रतियोगितामा कबिना पोखरेल फस्ट रनरअप बन्दै उनले ‘पब्लिक च्वाइस’को उपाधि पनि जितिन् । त्यसैगरी उर्मिला मगर सेकेन्ड रनरअपको स्थानमा रहिन् भने उनलाई ‘मिसेस पर्सनालिटी’को सबटाइटल पनि प्रदान गरियो । चौथो स्थान अर्थात् थर्ड रनरअपको उपाधि सिता पुरीले जितिन् ।

ओपन स्पेस प्रा.ली. द्वारा आयोजित यस प्रतियोगिताका सिइओ सजिना श्रेष्ठ र इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ हुन् । प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरेकी थिइन् भने मिडिया कोअर्डिनेटरको भूमिका सुवास संकल्प श्रेष्ठले निभाएका थिए । ग्रान्ड फिनालेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । निर्णायकहरूमा एनटिभी इटहरी प्रमुख बसन्त रुपखेती, ‘म्यान अफ द वर्ल्ड २०२५’का प्रकाश चौहान, ‘मिस इटहरी २०२२’ डीना कटवाल र ‘मिस नेपाल आइडल २०१८’की मेरीना तुम्सा लिम्बु रहेका थिए ।

यस्तै, एनटिभी इटहरी प्रोडक्सन हेड अमित वर्मा र मुस्कान तामाङ (बेबो) विशेष अतिथिको रूपमा उपस्थित थिए । विजेता र रनरअप बाहेक सबटाइटलतर्फ रईशा चौधरीले ‘मिसेस बेस्ट वाक’ र ‘ब्युटी विथ पपर्स’ गरी अर्गनाइजर सँगै तीनवटा उपाधि जितिन् । अन्य सबटाइटल विजेताहरूमा अर्चना सिटौला ‘मिसेस फ्रेन्डसिप’, सिता पुरी ‘मिसेस ट्यालेन्ट’, समिता राई ‘मिसेस इन्टेलेक्चुअल’, आयुषा कुँवर ‘मिसेस हस्पिटालिटी’, सिमा लाकान्द्री ‘बेस्ट ट्रान्सफर्मेसन’, परीना राई ‘मिसेस फोटोजेनिक’ र सिर्जना लिम्बु ‘मिसेस डिस्प्लिन’ रहेका छन् ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न फोटोग्राफीमा निश्चल ग्यालरी, मिडिया पार्टनरमा परिकला न्यूज, ग्राफिक डिजाइनमा बि प्रोडक्सन रहेका थिए । कार्यक्रमको सहयोगी संस्था तथा स्पोन्सरहरूमा बार्दली क्रियसन, सारा सेवा, फुडसाला क्याफे, यार्सागुम्बा वेभरेज, धरान डेन्टल क्लिनिक रहेको थियो । एसबि मेकअप एन्ड नेल स्टुडियो (मेकअप पार्टनर), निधि बुटिक (डिजाइनिङ पार्टनर) र भोटिङ पार्टनर माइपे रहेका थिए । ‘मिसेस पुर्बेली आईकन’ ले विवाहित महिलाहरूलाई गृहस्थी जीवनसँगै आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया