रोयल नेपाल इभेन्ट्स द्वारा आयोजना गरिएको राष्ट्रियस्तरको सौन्दर्य तथा व्यक्तित्व विकास प्रतियोगिता ‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल यही कात्तिक १५ गते, शनिबार, दुर्गा पार्टी प्यालेस, इटहरीमा हुने भएको छ। कार्यक्रम बेलुकी ३ बजेदेखि सुरु हुनेछ।
आयोजक संस्था रोयल नेपाल इभेन्ट्स युवा सशक्तिकरण, मानसिक स्वास्थ्य सचेतना, डिजिटल प्लेटफर्मको सही प्रयोग, व्यक्तित्व विकास र करिअर काउन्सेलिङका क्षेत्रमा सक्रिय संस्था हो।
यस वर्ष प्रतियोगिताका लागि देशभरिबाट चयन गरिएका १६ जना उत्कृष्ट फाइनलिस्टले आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको प्रस्तुति गर्दै उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रमकी मुख्य निर्णायकको रूपमा मिस प्रेमा लामगादे रहनुहुनेछ। त्यसैगरी जुरी सदस्यहरूमा मिस आयुष्मा बराल, मिस सोनिया चाम्लिङ, मि. अर्शु महर्जन र मि. रोनक अग्रवाल रहेका छन्।
रोयल नेपाल इभेन्ट्सका अनुसार, यस कार्यक्रमले प्रतिभाशाली युवाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ र उनीहरूको व्यक्तित्व तथा भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्नेछ। आयोजकले सबै दर्शक, शुभचिन्तक र सहभागीहरूलाई कार्यक्रममा उपस्थित भई प्रतिभाहरूलाई प्रोत्साहित गर्न हार्दिक अनुरोध गरेका छन्।





 
					 
				













 





















































