आगामी मंसिर १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हर्ष’ ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरूलाई भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ, जसले पारिवारिक सम्बन्ध र भावनात्मक संघर्षको कथा बोकेको सङ्केत गर्दछ।

फिल्मलाई दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले निर्देशन गरेकी हुन भने उनि  यस फिल्ममार्फत निर्देशकको रूपमा आफ्नो पहिलो डेब्यु गर्दैछिन्। निर्देशक पौडेलले क्यामेरामुनि शिव रेग्मीको शैली र संवेदनशीलता झल्किने कथा प्रस्तुत गर्न चाहेको बताएकी छन्।

फिल्मको पोस्टर सार्वजनिकसँगै दर्शकमाझ यसको प्रतीक्षा बढेको छ । निर्माण टिमका अनुसार ‘हर्ष’ मा प्रेम, परिवार र जीवनका मूल्यहरूको कथालाई समेटिएर तयार पारेको  छ। यो फिल्म देशभरका सिनेमा हलमा मंसिर १२ गते बाट प्रदर्शनमा आउने तय भएको छ।

तपाईको प्रतिक्रिया