बलिउडका चर्चित तथा वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन १९३५ मा पञ्जाबमा धर्मसिंह देओलका रूपमा जन्मिएका धर्मेन्द्रले १९६० को दशकको सुरुवातमा हिन्दी चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए। उनले ‘फूल और पत्थर’, ‘शोले’, ‘यादों की बारात’, ‘धरम वीर’ र ‘सीता और गीता’ जस्ता फिल्ममार्फत बलिउडमा अमिट छाप छोडेका थिए। रोमान्टिक, हास्य र एक्सन भूमिकालाई सहज रूपमा सन्तुलनमा राख्न सक्ने कलाकारका रूपमा परिचित धर्मेन्द्र आफ्नो पुस्ताका सबैभन्दा बहुमुखी र लोकप्रिय स्टारमध्ये एक थिए।
उनका परिवारमा श्रीमती हेमा मालिनी, छोरा सनी र बबी देओल, साथै छोरीहरू ईशा र आहाना देओल रहेका छन्। धर्मेन्द्रको निधनसँगै बलिउडले एउटा सुनौलो युगका महान अभिनेता गुमाएको अनुभूति गरेको छ।




































