काठमाण्डौ । गएका धेरै वर्षदेखि नेपाली लोक तथा दोहोरीगीत संगीतको क्षेत्रमा काम गरिरहेका लोकप्रिय गायक तथा सर्जक एवं मोडल शम्भु बराइलीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “प्याउली” बोलको गीत भारती पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा विकृति आउनुहुन्न, विकृतिजन्य गीत संगीतलाई पखाल्दै सम्पूर्ण सचेत कलाकारहरुले आफ्नो सांगीतिक बाटो तय गर्नु पर्दछ भन्ने मान्यता राख्ने उनको यस प्रस्तुतिमा लय संकलन स्वयम् बराइली कै रहेको छ भने शब्द अमृत भारतीको रहेको छ । गीतमा शम्भु बराइली र गङ्गा सोनामको सुन्न सकिन्छ । गायिका गङ्गा नेपाली आइडलकी विजयता हुन् । गीतमा संगीत संयोजन रामकुमार नेपालीको रहेको छ ।

रोधी बस्दाको समयमा त्यहीं सहभागी एक युवाको आकर्षण अर्की युवतीप्रति बढेपछीको रोमान्चक कथामा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । “प्याउली” बोलको गीतको म्युजिक भिडियोलाई रामकुमार नेपालीले निर्देशन गरेका हुन् भने छायांकन अब्नास श्रेष्ठ र सम्पादन प्रगति सुब्बाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

 

तपाईको प्रतिक्रिया