काठमाण्डौ । परिवारको सुन्दर भविस्य खोज्दै कयौं नेपालीहरु परदेशिने गरेका हुन्छन्, तर यता आफ्नो अर्धांगिनीबाट गलत बाटो अप्नाईदिँदा धेरैको घरबार टुटेको सामाजिक यथार्थता हामीले देख्न सक्दछौं । यसैलाई मध्यनजर गर्दै कलाकार मधु बि सी ले भर्खरै मात्र आआफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “परदेशको तातो घाम” बोलको गीतलाई सार्वजनिक गरेका छन् ।
नेपाली लोक तथा दोहोरी गीत मात्र व्यावसायिक बने, समाजको यथार्थता चित्रण हुन छोडे भन्ने किसिमको जनगुनासो आइरहँदा यस गीतमा भने लोक संगीतमा हुनुपर्ने मिश्रण समाबेश गरिएको छ । गीतलाई लय लोकप्रिय गायक तथा सर्जक सुन्दर आर डी ले भरेका हुन् भने शब्द मधु बि सी को रहेको छ । गीतमा सुन्दर आर डी र दिपिका बयम्बु मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।
समाजमा घटिरहेको घटनालाई चित्रण गर्दै तयार गरिएको यस गीतको म्युजिक भिडियोमा हिराकाजी सेन्चुरी, कौशिका खड्का, भीमसेन दाहाल, मना महर्जन, मनिता बि सी, रोशन बि सी, हरि कालिराज, रोजन बि सी र रामहरी खातीको जीवन्त अभिनय देख्न सकिन्छ । सुन्दर आर डी अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई मिलन श्रेष्ठको निर्देशन सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































