काठमाण्डौ । कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै जान्छ र त्यो मायाँ वैवाहिक जीवनमा परिणत हुन्छ, उनीहरुले संगै जिउने र संगै मर्ने कसम समेत खाएका हुन्छन् । यो एकादेशको कथा होइन, हामीले काहीं कतै समाजमा देखेको घटना हो । ति जोडीको सम्बन्ध सुमधुर हुँदाहुँदै पनि अनयासै उनीहरुको जीवनमा खटपट हुन थाल्छ र आफ्नो-आफ्नो बाटो तय गने निर्णयमा समेत पुग्छन् । हो यस्तै कथावस्तुमा लोक दोहोरी गीत “पहिलो घरबार” भर्खरै सार्वजनिक भएको छ ।
बिगतका निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल श्रीजन पण्डित र संगम थापाको प्रस्तुतिमा यो गीत सार्वजनिक भएको हो । गीतमा लय रामहरी भण्डारीको रहेको छ भने शब्द संगम थापाको रहेको छ । संगम थापा, सानु के सी र शारदा रसाइलीको सुमधुर स्वरद्वारा सुसजित गीतलाई एस एस म्युजिक क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको छोटो समयमा नै टिकटकमा अशंख्य युजरहरुको रोजाइमा परेको यस गीतको म्युजिक भिडियोमा श्रीजन पण्डित, सबिन नेपाली र राधिका राउतको अभिनय देख्न सकिन्छ । “पहिलो घरबार” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश कार्की युके ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन बिनोद बमले गरेका छन् ।
मोडल तथा प्रस्तुतकर्ता श्रीजनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने करिब आधा दर्जन गीत बजारमा ल्याउने तयारीका साथमा रेकर्ड गारिसकिएको उनले बताएका छन् । अर्का गायक तथा सर्जक संगमले पनि थप गीतहरु बजारमा आउने तयारीमा रहेको जानकारी गराएका छन् ।
भिडियो हेर्न ताल क्लिक गर्नु होला ।










