विराटनगर
नया बर्ष बैशाख १४ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र “लिलिबिली” अब यसै बर्ष चैत्र ३० गते प्रदर्शन हुने भएको छ । हुन त चलचित्र पहिले नै चैत्र ३० मै आउने कुरा पक्का थियो । तर एक्कासी बलिउड फिल्म “२.०” का कारण चलचित्र “लिलिबिली” पछाडी सरेको थियो । तर अब भने चैत्र ३० मा बलिउड फिल्म “२.०” रिलिज नहुने भएको छ । यसैकारण चलचित्र “लिलिबिली” फेरी पुरानै मितिमा फर्किएको हो ।

यता “लिलिबिली” ले बैशाख १४ बाट हात झिकेपछि उता नायिका केकी अधिकारीलाई भने ठुय्लो राहत प्राप्त भयको छ । बैशाख १४ गते केकी अधिकारी अभिनित र निर्मित चलचित्र “कोहलपुर एक्सप्रेस” प्रदर्शन हुदैछ । केकीले त “लिलिबिली” संग भिडन्त हुने भएपछि आफ्नो चलचित्रको रिलिज मिति पछाडी सार्ने तयारी पनि गरेकी थिइन् । तर अब भने उनलाई ढुक्क भएको छ ।

तर “लिलिबिली” चैत्र ३० मा फ़र्किए पछि भने यता दयाहाङ राई अभिनित चलचित्र नेप्टे लाई चिन्ता हुन थालेको छ । प्रदीपको फिल्म पोस्टपोन्ड भएपछि यो मितिमा दयाहाङ आएका थिए । अब के “नेप्टे” को रिलिज सर्ला ? यस्ता प्रश्न यति बेला उब्जिएको छ ।

“प्रेमगीत” र “प्रेमगीत २” बाट बलियो फ्यान क्रेज बनाएका प्रदीपको फिल्मसँग जुध्न अहिले अन्य फिल्मले सात पटक सोच्न थालेका छन् । “लिलिबिली” मा प्रदीपले नायिका प्रियंका कार्की र जसिता गुरुङसँग रोमान्स गरेका छन् । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन हुन्

तपाईको प्रतिक्रिया