काठमान्डाँै, माघ २१
नेपाली तारा सिजन ३ बाट आफुलाई दर्शक माझ बढ़ि लोकप्रियता अंगालेकी नेपाली र नेपालकै प्यारी स्वरकि धनी होनाहार गायिका जलजला परियार को २ वटा मिर्गाैला ले काम गर्न छाडेर हाल आर्थिक अभावमा काठमान्डौँको टिचिङ हस्पिटलमा उपचारार्थ भएको कुरा नेपाल भित्र वा नेपाल बाहिरका अधिकांश देशमा उनको उपचारमा सहयोग गर्ने क्रम बढ्न थालेको छ । दक्षिण कोरिया स्थित स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको गम्भीर ध्यानाकर्षण भएको र यस संस्था सम्बद्व व्यक्तित्वहरु र अन्य नेपाली दाजुभाई दिदिबहिनिहरुबाट सहयोग संकलन अभियान शुरु गरि यसलाई सफलतापूर्वक स्थगित गरिएको छ । जापान बाट उनको उपचारमा सहयोग पुगोस भनेर सुनिता राना पालले एक लाख वोन र साउदीबाट पनि राजेश ढगोल ले नेपाली रु चौध हजार सहयोग गर्नुभएको छ । परोपकार र समाजसेवामा अग्रसर स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले यो पवित्र अभियानले पिडित जलजलाको घाउमा केहि मल्हम लगाउन सहयोग गरेको दक्षिण कोरिया थेगु शाखा शाखा अध्यक्ष बिरेन्द्र बताउनु भयो । सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरिया (थेगु शाखा–२०१७) ले विभिन्न संघ–संस्थाहरु सँग समन्वय गर्दै यस्तै कार्यहरुमा अग्रसर स्याङ्जा परिवारले विगतमा धेरै उल्लेखनीय कार्यहरु गर्दै आईरहेको छ । स्याङ्जा जिल्ला स्थित स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स भ्यान, एक्स रे मेशिन, कम्प्यूटर र अन्य उपकरणहरु प्रदान गर्द आईरहेको छ । विरामी पर्दा, काम छोड्दा वा अप्ठ्यारो परिस्थितिमा सहज होस् भन्ने हेतुले दक्षिण कोरिया स्थित सउलरतोंगदेमुनमा स्याङ्जा घर (सेल्टर) संचालन गर्दै आईरहेको छ । उनको उपचारमा हाल सम्म सो सस्थाले उठेको दुई लाख त्रियनब्बे हजार रुपैंया) शनिवार जल्जलाकी आमा लाई हस्तान्तरण गरिएको छ ।

हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया