बासुदेव पोखरेल गुल्मी  .

नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल लोक दोहोरी विधामा नयाँ नयाँ गीत सार्वजनिक भइरहने क्रम जारी रहेको छ । यस विधामा नयाँ नयाँ गायक गायिका सर्जक तथा कलाकारको पनि प्रशस्त हुने गरेको छ । यस विधामा समय अनुसार फरक फरक गीत सङ्गीत पनि बजारमा आइ रहेका समेत छन् । यसै भीडमा गायक हरि शर्मा र पूजा शर्माको स्वरमा दोबाटो बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा फरक शब्द रहेको छ । हरि शर्माको लय तथा शब्द रहेको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडल गीता श्रेष्ठ र किशोर खत्रीले अभिनय गरेका छन् । उक्त भिडियोको दृश्य निर्माण भने जनता डिजिटल & फिल्मले गरेको छ । गीतलाई शिशिर श्रेष्ठको निर्देशन मुकेश हुमागाईको छायाँक तथा अमृत चापागाईको सम्पादन रहेको छ । प्रस्तुत गीतलाई हाम्रो तर्फबाट बधाई तथा सफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया