रोशन पोखरेल , काठमान्डाँै, फागुन ५
श्री शङखा देवि अनलाइन रोधी घर ज्यामङको प्रथम बार्षिक उत्सव तथा परिचयात्मक भेटघाट तथा बनभोज कार्यक्रम शनिवार ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । राजकुमार धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवराज धमला , नारन धमला , गायक शुलिन गौरव र श्री शङ्आ देवी नौमति पञ्चेबाजा संयोजक राम परियाले पानसमा बत्ति बालेर श्री शङखा देवि को फोटोमा माल्यापण गरेर संयोजक कृष्ण सुन्दासले सुभकामना मार्फत सो कार्यक्रमको सुभारम्भ गरिएको थियो । कार्यक्रममा बरिष्ठ सल्लाकार बलराम धमला , उपाध्यक्ष पार्वति सापकोटा प्रचार पसार संयोजक उज्वल धमला कोषध्यक्ष अशोक सापकोटा , सहकोषाध्यक्ष गिता वस्ती लगायताको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । राष्टिय कला र सस्कृतिको संरक्षण गर्नमा अनलाइन रोधी घरले विशेष भुमिका खेलेको सो कार्यक्रममा सहभागि गायक शुलिन गौरवले बताउनुभयो । कार्यक्रममा विभिन्न सागिँतिक प्रस्तुतिका साथै विभिन्न नित्य तथा सास्कृतिक भेषभुसामा रोधीमा आवद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो । विभिन्न पञ्चेबाचा साथै कला र सस्कृति झल्काउने कार्यक्रम गरिएको भक्त शाक्य ले जानकारी दिनुभयो । सो कार्यक्रममा अतिथि गायक सुलिन गौरव भक्त शाक्य, बसन्त धिमिरे, अशोक सापकोटा , गिता बस्ती लगायतको प्रस्तुति रहेको थियो । श्री शङखा देवी नैमति पन्चेबाजा ज्यामरुङलाई प्रमुख अतिथि नवराज धमला विशेष अतिथि नारन धमला सभापति राजकुमार धमला , अतिथि गायक सलिन गौरव ले खादा तथा सम्मान पत्रले सम्मान गर्नुभएको थियो । साथै कार्यक्रममा नव गायक भक्त शाक्य लगायत अनलाइन रोधीका पदाधिकारीहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया