काठमान्डाँै, फागुन ९
पछिल्लो समयमा नेपाली सागितिक क्षेत्रमा नयाँ कलाकारहरुको आगमनको क्रम बढ्दो मात्रामा रहेको छ यसै मध्येका प्रतिभावान ताप्लेजुङका गायक हुन सन्तोष लिम्बु । गीत संगितको क्षेत्रमा यात्राले उनलाई २०७४ सालमा रेकडिङ स्टुडियो सम्म डोयायो । सानै उमेर देखी गित संगितको क्षेत्रमा रुचि भएका उनलाई सवैभन्दा बढि आफनो मौलिक भाका मन पराउने उनले बताए । उनै गायक सगँ इन्टरटेन्मेन्ट खवरले गरेको कुराकानी को अंश ः–

गित संगितको क्षेत्रमा लाग्ने प्रेरणा कसरी पाउनुभयो ?

सानै उमेर देखी गित संगित क्षेत्रमा लाग्ने सोच थियो । बाल्यकालमा विवाह तथा पुजा आजा भएको ठाउँमा सबैले गाएको देख्दा निकै रहर लाग्थियो र सानो हुदाँको त्यो पलको याद मलाई हाल सम्म पनि रहेको छ रेडियो नेपाल बाट गित संगित बज्दा आफु पनि लहै लहैमा लागेर गित गाउने अभ्यासमा हुन्थे ।

नेपाली संगितमा प्रवेश गर्दाको अवस्थामा तपाईले के पाउनुभयो ?

सोचेजस्तो कदापी हुदैन रहेछ यहाँ , शुरुमा त यस क्षेत्रमा परिचित हुनै निकै गाह्रो भयो त्यसपछि बल्ल सहज महसुस हुदैछ ।

राज्य व्यवस्था परिवर्तनसँगै नेपाली साँगीतिक क्षेत्रमा पनि विकास त भएको छ नि हैन ?

धेरै भएको छ । एक मात्र रेडियो नेपालको विकल्पमा थुप्रै व्यवसायिक मिडियाहरुको विकास भएको छ । अहिले नेपाली साँगीतिक क्षेत्रमा डिजिटल प्रविधिको विकाश भए सगै राज्यले पनि गायक गायिका र यस क्षेत्रलाई विकाश गरेको छ ।

आफु गायक भएर परिचित भैरहदा तपाईलाई कस्तो महसुस हुन्छ ?

निकै खुशीको कुरा हो । मैले पहिलो एल्बमबाट निकै ,श्रोता तथा दर्शकको माया पाएको छु , पहिलो प्रयासलाई धेरैले मन पराउनुभएको छ । त्यसमा नै मलाई निकै गर्व छ ।

पछिल्लो समयमा भइरहेको गीतसंगीत क्षेत्रको विकासलाई कसरी हेर्नुहुन्छ ?

शौखको हिसाबले यो क्षेत्रमा प्रवेश गर्नेहरुको लहर छ । शौखका हिसाबले भएको लगानी उठाउन खोज्दा सामाजिक उत्तरदायित्वबोध हराउँदै गएको छ । शौख र मनोरञ्जनबाहेक केही प्रतिशत त सामाजिक दायित्ववोध हुनु जरुरी छ नि । तर त्यसो हुन सकिरहेको छैन । नेपाली संगीत क्षेत्र पनि पूँजीवादी दृष्टिकोणबाट अघि बढेको छ । पैसा लगाएर गायक हुने जमात बढ्दैछ भने हामीहरु जस्ता नव प्रवसीहरुलाई प्रोत्साहन निकै कम मात्रामा हुने गरेको छ ।

अबको यात्रा कहिलेसम्म जारी राख्नुहुन्छ ?

मेरो गायनको यात्रामा जहिले सम्म सिर्जना दिन र आफनो आवाज रहन्छ अझ भनौ प्राण रहुनजेल सम्म लाग्ने विचार छ ।

तपाईको प्रतिक्रिया