आर पोखरेल , काठमान्डौँ , फागुन ३०
झझल्को डिजिटलको प्रस्तुतीमा सफल परियारको “लाकुरीको बोट” गायिका देवी धर्तिका सुमधुर आवाजमा भिडियो सहित गीत युट्युवबाट सार्वजनिक भएको छ ।
सफल परियारको शब्द तथा थानेश्वर गौत्तमको संगीतमा मरुभुमी नारायणको छायांकन र दिलिप रेग्मीको निर्देशन तथा सम्पादनमा सुजन शाही रहेको भिडियोलाई आर्कषक रुपमा गितीकथाको माध्यमबाट समेटिएको छ । युवायुवतीहरु मायाप्रेमको कुरालाई लिएर मार्मिक रुपमा शब्दको माध्यमबाट गीतमा समेटिएको छ । पखाईको पिडामा विछोडको चोटको ब्यथालाई गीतमा समावेश गरिएको छ । गाउँघरमा भोगेका पिडालाई आफुले शब्दको माध्यम बाट साँगीतिक कोशेली ल्याएको सफल परियारले बताए । “लाकुरीको बोट” गीतमा अमर थापा , अर्जुन पुन , र प्रेमिका लुइटेलको अभिनय रहेको छ ।

“लाकुरीको बोट” को भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया