काठमाडौं । नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युजको केक काटेको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टीमले करोड भ्युजको केक काटेको हो ।

एक महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाईक र ३५ सय ६३ कमेन्टहरु आएका छन् यद्यपी गीतको भिडियोमा ६ हजार डिसलाईक समेत आएको छ ।

सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ ।

कार्यक्रममा गीतका रचनाकार थपलियाले गीत लेखेको पलाई सम्झिएका थिए भने गायक सरोज ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको समेत बताए । गीतलाई एक करोड भ्युज पुर्याईदिनुभएकोमा गायक सरोज ओलीले सम्पूणए दर्शक तथा मिडियाकर्मीहरुलाई धन्यवाद दिए ।

केक काटेर मनाईएको एक करोड भ्युजको कार्यक्रममा नयाँ गीतको समेत घोषणा गरिएको छ । गायक ओलीका अनुसार ‘पानी कुवाको’ बोलको गीत अबको केहि सातामा नै सार्वजनिक गरिनेछ ।

तपाईको प्रतिक्रिया