काठमान्डौ, चैत्र ६
नेपाली रगं मञ्चमा आफनो भविश्य खोज्दै भौतारिने युवायुुवतीको सङख्या दिन प्रतिदिन बढ्दो मात्रामा रहेको छ । पछिल्लो समयमा केही प्रतिभावान कलाकारहरुअको आगमन पनि भै रहेको छ । यसै भित्र पर्दछन काभ्रेका विकाश बञ्जरा सानै उमेरमा रगंकर्मी बन्ने सपना बोकेर काठमान्डौँमा सधर्ष गदै गरेका उनी आफुलाई भविष्यमा सफल कलाकारको रुपमा उभ्याउनको लागी हाल विभिन्न म्युजिक भिडियोमा निकै ब्यस्त हुन थालेका छन । सन मुन मोसन पिचर गुप्रमा काम गर्दा गदै देखी उनलाई अभिनयको रस पसिसकेको थियो । राम्रो अभिनय र आकर्षक ब्यतिmत्व भएका उनी आफनो कलालाई आम दर्शक माझमा पुयाउन चाहन्छन । १६ बर्षको उमेरमा नै विभिन्न म्युजिक भिडियोमा अभिनय गरेका उनी नेपाली रंगमञ्चमा अब्बल व्यातिmको खाँचो रहेको उनले बताएका छन । उमेर सानो भएपनि अभिनय कलामा प्रखर व्याक्तित्वका रुपमा रहेका उनी सगँ हाम्रा कला सम्वादाता रोशन पोखरेलले गर्नुभएको कुराकानीको अंश
विकाश जी यहाँलाई स्वागत छ ?
धन्यवाद तपाईले पनि मलाई आफना भनाई राख्नको लागी तपाईको लोकप्रिय अनलाईन पत्रिकामा मार्फत मेरो बारेमा जानकारी दिनको लागी निम्ता गर्नुभएको मा साथै मेरो कलाकारिता को बारेमा आम रुपमा पाठक सामु आफना भावनाहरु सम्प्रेषण गर्ने अवसर दिनुभएकोमा
हाल के मा ब्यस्त हुनुहुन्छ नी ?
गित संगितमा नै क्रियाशिल रहेको छु , त्यसका अलवा आफनो जिवन सञ्चालन गर्नको लागी सानो रोजगारमा आवद्ध रहेको छु । नेपाली कलाकारितामा रहेर विभिन्न कुरा हरुमा आफुलाई जागरुक बनाउने काम गदै छु ।
तपाई अहिले नव प्रवेशी कलाकार हुनुहुन्छ तपाईलाई नेपाली कलाकारिताको बारमा कतिको जानकारी छ ?
बास्तवमा यस क्षेत्रका लागी म नव आगन्तुक हुँ , मैले धेरै सपना र सिर्जनशिल कुराको विचार गरेर नेपाली चलचित्र र रगं क्षेत्रको विकाश गर्नको लागी विशेष सहयोगी बनेर भित्री रहेको छु ।
चलचित्र क्षेत्रमा प्रवेश गर्नको लागी कतिको सजिलो हुदो रहेछ ?
मैले सोचे जस्तो कदापी रहेनछ म पनि यस क्षेत्रमा प्रवेश गर्नको लागी हाल विभिन्न म्युजिक भिडियो मा आफनो कलालाई प्रस्तुत गरिरहेको छु ।
पछिल्लो समयमा भइरहेको गीतसंगीत क्षेत्रको विकासलाई कसरी हेर्नुहुन्छ ?
शौखको हिसाबले यो क्षेत्रमा प्रवेश गर्नेहरुको लहर धेरै रहेको छ । शौखका हिसाबले भएको लगानी उठाउन खोज्दा सामाजिक उत्तरदायित्वबोध हराउँदै गएको छ । आत्मदेखी कुनैपनि काममा सिर्जनशिल र कल्पनाशिलतमा रहेर रहर भन्दा पनि आफनो भित्री भावना बाट त्यस क्षेत्रमा लाग्नुपर्छ ।
अबको यात्रा कहिलेसम्म जारी राख्नुहुन्छ ?
रहर र लहरले गीत साँगितीक क्षेत्रमा लागेकाले कदापी पनी मैले यो क्षेत्रबाट अव बाहिरिन सक्दिन । बांचुञ्जेल नेपाली रंग क्षेत्रमा लाग्ने विचार गरेको छु ।
हवस्त आफनो अमुल्य समय दिनुभयो त्यसका लागी धन्यवाद ?
रोशन जी तपाईले पनि मेरो मनभित्र रहेका तितामिठा भावनाहरुलाई तपाईको लोकप्रिय अनलाइन मार्फत आफनो भावनाहरु राख्न दिनुभयो त्यसको लागी हृदय देखी नै धन्यवाद दिन चाहन्छु । मजस्ता धेरै नवप्रबेशी कलाकारहरुलाई तपाईको लोकप्रिय अनलाईन ले आफना मन भित्रका अन्तरंग कुराकानीलाई आम पाठक सामु पुयाई दिनुभएको मा ।
विकाश बञ्जरा अभिनित गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला