काठमान्डौ , चैत ८
सांगितिक आकाशमा आफ्नो पहिचान खोज्दै हिडेका पुर्वेली युवा हुन पाँचथर फिदिमका आशिष डाँगी । राम्रो आवाजका धनी उनी नेपाली सागितिक क्षेत्रमा आफनो पाइला टेक्दैछन । नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोचका साथ उनी यस क्षेत्रमा आफनो कर्म क्षेत्र बनाउने सोचका साथ काठमान्डौँमा सधर्ष गदैछन । सुन। गायन क्षेत्रलाई आफनो पेशा भन्दा नि सौख भनि रुचाउने आशिष बिगत केहि २ बर्ष देखी संगित साधना गर्दै आएका छन । मध्यम वर्गिय परिवारमा जन्मिएका उनि आफनो शौखपुर्ण भावनाले गीतहरु रेकर्ड गराउँने स्थान सम्म पुगेको बताएका छन । गित गाउने मात्र नभैकन उनि आफैपनि फुर्सदको बेलामा शब्द लेख्छन । आफनो आवाजलाई संगितिक माध्यमबाट प्रवाह गर्न पाउदा आफुलाई वेग्लै हौसला मिलेको बताउछिन । स्थानिय स्तरबाट कलाकारितामा सकृय रहेका नयाँ आगन्तुकलाई खोज्ने क्रममा सहकर्मी रोशन पोखरेलले गायक आशिष डाँगी सगँ गरेको कुराकानीको अंश
तपाई आफ्नो परिचय दिनुहोस् न ?

म आशिष डाँगी गायक तथा नेपाली गीत संगितलाई आफनो कर्म क्षेत्र बनाउन खोज्ने सामान्य मान्छे ।

तपाई अहिले के गर्दै हुनुहुन्छ, तपाईको दैनिक दिनचर्या कसरी बित्दैछ ?

म अहिले काठमान्डाँैमा रहेर सागितीक क्षेत्रका लागी विभिन्न कलाको अभ्यास गदै छु र कलेजमा पढदै पनी छु ।

गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो ?

म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय भैरहन्थे, घरमा खाना पकाउदा, स्कुलमा विद्यार्थीलाई पढाउदा, स्कुलको टिफिनको टाइममा गीत गुन गुनाउँने गर्थे, साथीभाईहरुले पनि तिम्रो आवाज राम्रो छ भन्न थाले त्यसपछि मलाई लाग्योकि सायद आफ्नो आवजले म मेरो स्थानिय ठाउको छुटै पहिचान बनाउन सक्छुकि त्यसैले सांगीतिक क्षेत्र मैले रोजे ।

गायन अर्थात सांगीतिक क्षेत्रमा भबिष्य बनाउँन के गर्न चाहनुहुन्छ ?

म आफनो प्रयास सधै जारी राख्छु र म आफनो भबिष्य सांगीतिक क्षेत्रमै बनाउँन विभिन्न प्रोग्रामहरुमा भाग लिन्छु ।

हाल सम्म कुनै गित रेकर्ड गराउँनु भएको छ कि छैन ?

मैले स्थानिय गायन क्षेत्रमा लागेका अडियो तथा भिडियो गीतहरु रेकर्ड गराएर युट्युबमा राखेको छु ।

गीत रेकर्ड गराउँदा कति खर्च लाग्दो रहे छ त्यो खर्च कहाँ बाट जुटाउनु भयो ?

एउटा मात्र पनि गित रेकर्ड गराउदा निकै खर्च लागदो रहे छ, मैले आफ्नो ठाउलाई चिनाउन गित रेकर्ड गराएकि हु ताकि मान्छेले मलाई पनि र मेरो ठाउलाई पनि चिनुन । मैले आफनै पसिना बगाएर कमाएको रकमले गित रेकर्ड गराएको हो ।

तपाई एक स्थानिय कलाकार भएकोले गर्दा स्थानिय स्तरबाट केही साथ सहयोग पाउँनु भएको छ की ?

अहिले सम्म त्यस्तो सहयोगहरु पाएको छैन सायद म आफै पनि व्यस्त भएर होला तर स्थानियको साथ र सहयोग पक्कै पनि पाउछुहोला त्यसमा म विश्वस्त छु ।

अन्त्यमा तपाईलाई मनमा लागेको केहि कुरा छ की ?

म आफनो श्रोता, दर्शक तथा सुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै तपाईहरुको यो मिडियाको अझ प्रगतीको लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगितलाई माया गर्नुहोला र नव प्रवेशी लाई पनि साथ र सहयोग दिनुहोला भन्न चाहन्छु । यती मात्रै होइन मैले गाएको गीतमा भएको कमी कमजोरीलाई औल्याएर म समक्ष पुर्याएर सहयोग गरिदिनुहुनुका साथै मेरै गीतलाई अझ मन पराउँन हार्दिक अपिल गर्दछु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।

तपाई लगायत तपाई क्रियाशिल मिडियालाई पनि धेरै धेरै आभार प्रकट गर्दछु ।

तपाईको प्रतिक्रिया