काठमाडौं । पुस्कल शर्मा पछिल्लो समय निकै चलेका लोक तथा दोहोरी गायक मानिन्छन् । बर्षमा एक दुई मात्र गीत निकाल्ने शर्माका अधिकांश गीतहरु मर्मस्पर्शी छन् ।

उनले गायका हरेक गीतमा जीन्दगीका पीडा भेटिन्छन् । उनका गीत सुनेर स्रोता दर्शक त रुन्छन् नै तर उनकै घर परिवारका सदस्य समेत रुने रहेछन् ।

पछिल्लो पटक आफै मरेको गीत गाएका पुस्कलले सबै फ्यानलाई रुवाय यतिमात्र होईन त्यही गीतका कारण आफैले म मरेको छैन भन्न समेत परेको थियो ।

उनको घर परिवार पाल्पाको जोर्तेमा छ । सबैले पुस्कल शर्मा भनेर चिनिने उनको पुरा नाम पुस्कल गैह्रे हो । उनको परिवार जोर्तेमा रेष्टुरेन्ट व्यवसाय गरेर बसको छ ।

जोर्ते पाल्पाको यस्तो ठाउँ हो जहाँ मोबाईल फोन प्रयोग गर्न गाह्रो छ । सिडिएमए बाहेक अरु फोनहरु त्यहा चल्दैनन् । इन्टरनेटको पहुँचभन्दा बाहिर छ पुस्कल शर्माको गाउँ घर ।

रेष्टुरेन्टको ढोका मै पुस्कलको फोटो छ । शर्मा रेष्टुरेन्ट नाम दिईएको यो रेष्टुरेन्टमा पुस्कलका भाई बुहारी, एउटा बच्चा आमा बाबु बस्छन् ।

पहिले यहि पसलमा पुस्कलले पनि काम गरेका थिए पछि मात्र उनी काठ्माण्डौै गएका हुन् । हामी उनकै घरमा पुगेर उनका आमा बुबा संग कुरा गरेका छौं । यो कुराकानीमा पुस्कल शर्माका भित्री कुरा र रहस्यकुराहरु पनि थाहा पाउन सकिन्छ । प्रस्तुत त पुस्कल शर्माका बुबा आमासंगको रमाईलो कुराकानी ।

तपाईको प्रतिक्रिया