परदेशमा रहेर पनि सङ्गितिक क्षेत्रलाई अघी बढाइरहनुभएका गायक सुकदेव लामाले “नकली को हे मोरी” बोलको गीत ल्याएका छन ।

नेपाली गीत संगीत प्रति माया र आस्था भयो भने संसारको जुनसुकै कुना बाट पनि नेपाली गीत संगीतलाई प्रोत्सान र माया गर्न सकिन्छ भनेर सुकदेव लामाले प्रमाणित गर्नु भइसकेका छन् ।

“म खुशी छु मैले ल्याएको गीत पक्कै पनि माया गरेर सुन्नुहुनेछ भन्ने आशा गरेको छु ।”गायक लामाले बताउनु भयो ।

हाल मलेयसीमा कार्येरत लामाले मलेयसीमानै गीत रेकर्ड गरेर राजकुमार तामांग संग सह कार्य गरेर नेपाली गीत संगीत प्रति आफ्नो माया र लगाब दर्शाएका छन् नकली को हे मोरी बोल को गीत सार्बजनिक गर्नु भएका छन् ।

भिडियोलाई निर्देशन राजकुमार तामाङले गर्नुभएको हो । लोकेन्द्र सुब्बा एडिट, प्रमोद परीयार ले एरेन्ज गरेको गीतमा अल्विन सिङको जोडदार अभिनय रहेको छ् । प्रेम लामा लामाले छायाङ्कन गरेको भिडियोमा अर्जुन लामा रुबिना श्रेष्ठ / मुस्कान को अभिनय रहेको छ् ।

 

तपाईको प्रतिक्रिया