आर पोखरेल,काठमाडौं, चैत २६ । गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायन क्षेत्रका लागी पार्श गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना भएको कलाकारको रुपमा चित्रण गर्न सकिन्छ ।
पछिल्लो समयमा आधुनिक गायन क्षेत्रमा कम मात्रामा कलाकारहरुको उपस्थित भइरहेको अवस्थामा उनको यस सिर्जनालाई सर्वाेकृष्ट रुपमा लिन सकिन्छ । गीतका शब्दहरु सविन पाठक श्रेष्ठले रचना गरेका हुन भने संगीत संयोजन गोपाल सरगम राईले गरेका हुन । यस गीतमा उनले प्रेमीको मायामा आफू डुवेका कुरा गरेका छन । गीतको भिडियोलाई अविनास डिसी सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । रेशम दलार्मीले भिडियोलाई छायांकन गरेका छन् । भिडियोमा कपिल तिम्सिना राजा र अमृता भटटको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया