इटहरी , चैत २६
सामाजिक कार्यमा अग्रसर हुदैँ गएको पोखरेल बंश प्रतिष्ठान युवा परिषद्ले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । संस्थाको सम्पन्न भेलाले आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा रहेको गरिव तथा दुखमा परेका परिवार र समुदायलाई सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा गरिएको थियो । पोखरेल बंश प्रतिष्ठान कि अध्यक्ष संगीता पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कंचनरुप नगरपालिका कि उपमेयर निरु पोखरेल र लालीगुराँस नगरपालिकाकी उपमेयर तिला पोखरेल बिशिष्ट अतिथिको रुपमा उपस्थिति रहनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बंशावली संकलक गणेश पोखरेलको समेत उपस्थिति रहेको सस्थाकि अध्यक्ष संगिता पोखरेलले जानकारी दिनुभयो । आफुहरुको सानो सहयोगले पनि विपन्न परिवारका लागी ठुलो आशाको माध्यम बन्ने र सहयोगी मनहरु प्रति उनले विशेष धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो । सामाजिक कार्यमा पनि अग्रसर प्रतिष्ठानले मोरङ लगायतका विभिन्न स्थानमा विभिन्न समयमा सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानकि अध्यक्ष संगीताले ‘सामाजिक संजालको सदुपयोग गर्दै ६ हजारलाई एकै छाता संगठन भित्र ल्याउन सफल भएकोमा बताउनुभयो । उहाँले आपसी रुपमा पोखरेल दाजु भाई विचमा भातृत्वको भावना जागरित गर्नको लागी सदैव सबै अग्रजको सहयोग अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा पोखरेल बंश प्रतिष्ठान केन्द्रिय समितिले प्रकाशन गरेको २०७५ सालको क्यालेन्डर बिमोचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया