राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको गायन बिदा बाट ख्याती कमाएका गायक प्रमोद खरेल द्वारा स्वर बद्ध एक गीत भर्खरै बजारमा आएको छ । “फुल कमल” नामको साथमा सार्बजनिक भएको यस गीतमा पछिल्लो समयमा सर्वप्रिय गायिका अन्जु पन्त को जस्तै आवाज भएकी अर्की गायिकाको उदयमान भनेर बिभिन्न संचार माध्यम मार्फत चर्चामा रहेकी पुर्णिमा लामाको पनि सुमधुर स्वरको मिश्रण रहेको छ । दिपक शर्माको शब्द संगीत बाट सुसजित प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ ।भिडियोमा शिल्पा पोख्रेल र दिपेश जंग थापाले आफ्नो कला प्रस्तुत गरेका छन् । भिडियोलाई निर्देशन निर्देशन तथा सम्पादन क्रान्ति के.सीले गरेका हुन् भने छायांकन अजय रेग्मीले गरेका छन् । यस गीतको अडियो तथा भिडियोलाई शिब दर्शन डिजिटल प्रालिले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत सर्बबजनिक गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया