रोशन पोखरेल , काठमान्डौँ , बैशाख ११
नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचनाहरुको श्रृङख्लाबद्ध रुपमा आगामन भैरहेको अवस्थामा शुभारम्भ डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कर्णविर शाहीको लोक सौगात “केटी मै ध्यान जाने ”गीतमा गायक कर्णविर शाही र गायिका राधिका हमालको लोकदोहोरी एल्बम बजारमा आएको छ । किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई गीतमा समावेश गरिएको छ । मायामा परेका मायालु जोडीमा हुने एक अर्का प्रतिको आकषर्णलाई गीतमा ब्यक्त गरिएको छ । आम दर्शक माझँमा सर्वोकृष्ट रचनाहरुमा आफनो आवाज दिदैँ आएकी चर्चित गायिका राधिकाले आफु मायामा पागल बनेको कुरा खोलेकी छन । कर्णविर शाहीको सर्वोकृष्ट शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीतमा समेटेर तयार पारिएको छ । “केटी मै ध्यान जाने ” गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल करिष्मा ढकाल रोहन शङकर र युनिकको स देख्न सकिन्छ । “केटी मै ध्यान जाने ” गीतको छायाँकन अजय रेग्मीले गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया