बैशाख ११, काठमाडौ / तामाङ फाउन्डेसन नेपालको अगुवाइमा तामाङ राष्ट्रिय पत्रकार संघको भेला काठमाडौमा सम्पन्न भएको छ । भेला फाउन्डेसन नेपालको केन्द्रीय कार्यलयको हल कोटेश्वरमा भएको हो ।
 संघको भेलामा प्रमुख अतिथि तामाङ फाउन्डेसन नेपालको संस्थापक अध्यक्ष अरुण घिसिङले तामाङ सञ्चारकर्मीहरुको साझा संस्थाको रूपमा तामाङ राष्ट्रिय पत्रकार संघको गठन आवश्यकता रहेको बताए ।
“तामाङ समुदायको भाषा, साहित्य, धर्म, कला, संस्कृति आदिको उत्खनन गर्दै उत्पीडनमा परेका आदिवासी तामाङहरुको भावना तथा आवाजलाई संचारकोमध्यबाट राज्यसामु बुलन्द गर्ने उद्देश्यले संघको गठन गरिएको हो” घिसिङले भने ।
मंगलबार काठमाडौमा भएको तामाङ फाउन्डेसन नेपालको केन्द्रिय संचार विभागको पहिलो एतिहासिक भेलाबाट तामाङ राष्ट्रिय पत्रकार संघको अध्यक्षमा प्रतीक तामाङ निर्विरोध चयन भएको हो ।
 
उपाध्यक्षमा मनिषा गोले, महासचिवमा इकमान लामा, सचीवमा सुजन पाख्रीन , अर्थ सचिवमा पृतम तामाङ , सदस्यहरुमा राज कुमार ग्याबा, बनु लोप्चन, देव कुमार मोक्तान र गीता तामाङ चयन भएका छन् ।
संघले मंगलबार नै प्रेस विग्याप्ती पनि निकालिएको छ । विग्याप्तिमा तामाङ संचारकर्मीहरुको साझा संस्थाको रुपमा स्थापित गर्दै तामाङ पत्रकारहरुको हक, हित, अधिकार र पारिश्रमिकको साथै विकट गाउँबस्तीसम्म तामाङ समुदायको कला, संस्कृति, भाषा, साहित्य, भेषभुषा, धर्म, स्वस्थ्य, शिक्षा लगायत समग्र उत्पीडनमा परेका आदिवासी आम तामाङहरुको भावनालाई संचारकोमध्यबाट राज्यसामु बुलन्द गर्ने उद्देश्यले तामाङ राष्ट्रिय पत्रकार संघको गठन गरेको उल्लेख गरिएका छन् ।
 तामाङ राष्ट्रिय पत्रकार संघ आजको अनिवार्य आवस्यकता भएको बताउदै यसलाइ आम तामाङ संचार जगतसामु नमूनाको रुपमा स्थपित गर्न अग्रजहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढाउने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष तामाङले गर्नु भएको थियो
 

तपाईको प्रतिक्रिया